९ लागुऔषध दुर्व्यसनीको गोली हानी हत्या

पोखरा न्यूज – ०४ , फागुन । अफगानिस्तानको राजधानी काबुलमा सडकमा सुतेका ९ लागुऔषध दुर्व्यसनीको गोली हानी हत्या भएको छ ।

शनिबार राति एक अज्ञात हतियारधारीले घरबारविहीन ती मानिसहरुलाई गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । घटना पछाडिको उद्देश्य नखुलिसकेको र अनुसन्धान जारी रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

विश्वमै सर्वाधिक ठुलो मात्रामा अफिमजन्य लागुऔषध उत्पादन हुने अफगानिस्तानमा करिब २५ लाख लागुऔषध दुर्व्यसनी रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको दाबी छ । अफगानिस्तानमा खेती गरिने अफिमबाट बनाइने हिरोइन विश्व भर नै तस्करी हुने गर्दछ ।

रोजगारी र सामाजिक सुरक्षाको अभाव तथा लागुऔषधको सहज पहुँचले अफगानिस्तानमा दुर्व्यसन नियन्त्रणमा लिन नसकिएको त्यहाँका स्वास्थ्य अधिकारीको दाबी छ । तर पछिल्लो महिना प्रहरीका ५ उच्च अधिकारी नै लागुऔषध तस्करीको अभियोगमा पक्राउ परेपछि भ्रष्टाचार पनि लागुऔषध दुर्व्यसन बढाउने प्रमुख समस्याका रुपमा देखिएको थियो ।

लोभलाग्दो आर्थिक प्रलोभन तथा संगठित तथा राजनीतिक रुपमा संरक्षित उत्पादक देखि तस्करको च्यानलले पनि त्यहाँ लागुऔषध दुर्व्यसन र कारोबार अझै व्यापक भएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button