शिवरात्रीमा पोखरामा शिव दर्शन यात्रा हुने

दीननाथ बराल, पोखरा न्यूज – ०५ ,फागुन । पोखरामा महाशिवरात्री पर्वको अवसरमा यही फागुन ९ गते शिव दर्शन यात्रा कार्यक्रम हुने भएको छ ।

धार्मिक परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले पोखराको लामाचौर तथा बाटुलेचौरमा कार्यक्रम हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।  पोखरामा धार्मिक पर्यटन प्रवर्द्धनका लागि सामुहिक सहभागिता र विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम हुने नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष कमल बहादुर थापाले बताए ।

महाशिवरात्रीको अवसरमा कर्णेश्वर शिवालय मन्दिर पोखरा तुलसीघाटबाट विधिगत शुभारम्भ भई लामाचौर बाटुलेचौर क्षेत्रमा रहेका महेन्द्रेश्वर शिवालय, पोखरा-१६ तुलसीघाट, पोखरा-१९ जलेश्वर शिवालय हुदै पोखरा-१९ को गोष्तेघाटको सर्वेश्वर शिवालय र पोखरा-१६ को लामाचौर सुरथेश्वर शिवालयमा पुगि उक्त यात्राको औपचारिक रुपमा समापन गरिने भएको समाजका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक दीलबहादुर थापाले बताए ।

सबै शिवालयहरुमा विधीपूर्वक नियमित पुजाअर्चना, रुद्री पाठ, हवन तथा चलन चल्ती अनुसारको पूजा पाठ हुनेछ । भत्तजनहरुलाई मन्दिरहरुमा दुध र पानी चढाउने व्यवस्था मिलाउनुको साथै भजनकृतन समेत गरिनेछ । १ सय ८ घडा सहित करिब ५ किलोमिटर कलश सहितको शोभायात्रा हुनेछ । नेपाल भ्रमण बर्षको सन्दर्भमा हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।  समाजको आयोजनामा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ काठमाण्डौंको विशेष सहयोगमा ज्येष्ठ नागरिक मञ्च कास्कीको सह-आयोजनामा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम हुने भएको हो । समाजका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको प्रचार संयोजक बुद्धि बहादुर क्षत्री खत्रीले बताए ।

कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख खर्च लाग्ने भएको अर्थ उपसमिति संयोजक पदम बहादुर केसीले बताए । कार्यक्रमबाट कपिब ५० हजार बचत गरी रकमले धार्मिक पूरातत्व संरक्षणको क्षेत्रमा खर्च गरिने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button