बेगनास फुटबल प्रतियोगिता फागुन ९ देखि हुने

पोखरा न्यूज – ०६ ,फागुन । महाशिवरात्री पर्वको अवसरमा बेगनासताल किनारमा यहि फागुन ९ गते दोस्रो बेगनास सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६ हुने भएको छ ।

बेगनास युवा क्लबको आयोजनामा यही फागुन १७ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी पुरा भएको क्लबले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको क्लबका अध्यक्ष राम बहादुर रानाभाटले बताए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।

उपविजेताले भने ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही ५/५ हजार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

बेगनासताल बाँध  नजिकैको मैदानमा हुने प्रतियोगितामा करिब ३५ टिमको सहभागिता हुने भएको टिम संयोजक सुरेन्द्र पुनले बताए । युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि दोस्रो पटक बेगनास युवा क्लबले प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक सुबास थकालीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार खर्च लाग्ने र ८ लाख आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताबाट हुने बचत रकमबाट खेल मैदान मर्मत, सरसफाई अभियान र क्लबका विभिन्न सामाजिक कार्यक्रमहरुमा खर्च गरिने अध्यक्ष रानाभाटले बताए ।

क्लबले विभिन्न प्राकृतिक विपत्ती एवं दैवी प्रकोपका समयमा राहत तथा उद्धारका कार्यहरु गर्दै आईरहेको छ भने साथै वृहत बेगनासताल सरसफाई अभियान पनि सफलताका साथ ८९ औं हप्ता सम्म सम्पन्न गरिसकेको क्लबले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button