पोखरामा अन्तराष्ट्रिय फिल्म फेस्टिबल हुने

राजाराम पौडेल, पोखरा न्यूज – ०७ ,फागुन ।  फिल्म नगरी पोखरामा चौथो संस्करणको अन्तराष्ट्रिय फिल्म फेस्टिबल आयोजना हुने भएको छ । पोखरा फिल्म सोसाइटीले आयोजना गर्ने महोत्सव पोखरा थिएटरमा आगामी चैत्र १ र २ गते गरी दुई दिनसम्म चल्नेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २० देखि ४० चलचित्र प्रर्दशन गर्नेे तयारी भएको पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधानले बताए ।

फेस्टिवलका लागि अनलाइन मार्फत आव्हान गरिएको थियो । यसरी गरिएको आव्हानमा ५६ देशका ५ सय ६५ वटा फिल्मले फेस्टिवलको लागि आवेदन दिएका छन् । हाल अनलाइन आवेदन बन्द गरी प्राप्त फिल्म मध्येबाट फेस्टिवलको लागि फिल्म छनोट गर्न थालेको अध्यक्ष प्रधानले बताए । ‘फेस्टिवलका लागि आवेदन दिएका फिल्म सेलेक्सन गर्दैछौ, अनलाइनबाट आग्रह गर्दा ५ सय ६५ फिल्म आएका छन्, झण्डै ५६ देशका, अब केहि दिनमा छनोट गरिसक्छौँ’ उनले भने ।

कति दर्शकले फिल्म हेर्ने भन्नेमा ठाउँ र मौसमले असर पार्ने भएपनि फिल्म हेर्न इच्छुक दर्शकलाई फेस्टिबलसम्म आउने वातावरण आफुहरुले गर्ने अध्यक्ष प्रधानले बताए । फेस्टिबलमा विदेशी पनि सहभागी बन्नेछन् । यसले विस्तारै फिल्म फेस्टिबलको माहोल बन्दै जाने आयोजकको विश्वास छ ।

महोत्सवमा प्रर्दशन हुने ३ मिनेट देखि डेढ घण्टा सम्मका फिल्महरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न कला, संस्कृति, जनजिवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणलाई झल्काउनेछन् । महोत्सवका लागि वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन चलचित्र छनोट हुनेछन् । यसरी प्रर्दशन भएका फिल्म मार्फत फिल्म क्षेत्रमा लाग्ने व्यक्तिले नयाँ कुरा सिक्न, बुझ्न र जान्न पाउँनेछन् ।

फिल्मप्रेमी दर्शकले फेस्टिवल निःशुल्क हेर्न पाउनेछन् । फिल्म नगरीको परिचय बनाएको पोखरामा फिल्म फेस्टिबलको माहोल बनाउनको लागि आफुहरुले फेस्टिवल निरन्तर आयोजना गर्दै आएको आयोजक बताउँछन् । यसपालीको फेस्टिबल गैह्रपाटनमा रहेको पोखरा थिएटरमा आयोजना हुनेछ । फेस्टिबललाई सफल बनाउन सहयोग गर्न सबै फिल्मकर्मी र फिल्मप्रेमीलाई आयोजकको आग्रह छ । विगतका अनुभवबाट सिक्दै यसपाली अझै परिस्कृत र आर्कषक फेस्टिवल बनाउन आयोजक यतिबेला तयारीमा जुटिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button