अनेरास्ववियु क्रान्तिकारीद्वारा आज देशव्यापी शैक्षिक हड्तालको घोषणा

पोखरा । विप्लप माओवादी  निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज बुधवार  देशव्यापी रुपमा शैक्षिक हड्तालको घोषणा गरेको छ ।

संगठनले कास्कीमा समेत  एक विज्ञप्ति जारी गर्दै नीजि, तथा सामुदायिक सार्वजनिक विद्यालय लगायतका शैक्षिक संस्था सञ्चालन नगरि आफ्नो आन्दोलनलाई सहयोग गर्न अपिल गरेको छ ।

तत्कालनी सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण , एमसिसी सम्झौता , चर्को मुल्य बृद्धि, भ्रष्टाचार लगायतका विषयमा विरोध जनाउँने क्रममा  आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरि झुटा मुद्दा लगाएको भन्दै  संगठनले शैक्षिक हड्तालको आह्वान गरेको हो ।

विद्यार्थी संगठनका अध्यक्ष प्रकाश बास्तोलाले हस्ताक्षर गरेका विज्ञप्तिमा  आफ्ना नेता तथा कार्यकर्तालाई गैह्रन्यायीक तरिकाले अपहरण शैलीमा गिरफ्तार गरि झुटा मुद्दा लगाएको भन्दै त्यसको बिरुद्धमा २०७६/११/१४ गते  देशव्यापी रुपमा शैक्षिक हड्तालको घोषणा गरिएको जनाइएको छ ।

उक्त जिज्ञप्तिमा विद्यार्थी संगठनका अध्यक्ष प्रकाश बास्तोलाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button