पोखरामा नेकपाको चुनावीसभा स्थलमा विष्फोट गराएको आशंकामा १ पक्राउ

पोखरा न्यूज- ११, मंसिर । पोखरामा नेकपाको चुनावीसभा स्थलमा विष्फोट गराएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुधबार नयाँबजार प्रदर्शनी केन्द्र नजिक नेकपाको चुनावीसभा स्थलमा फोहरको थुप्रोमा शंकास्पद वस्तु विष्फोट गराएको आशंकामा एकजना पक्राउ परेको  गण्डकी प्रदेश प्रहरी कार्यालय  पोखराले जनाएको छ ।

शंकास्पद वस्तु विष्फोट कार्यमा संलग्न रहेको आशंकामा  तत्कालै उनलाई पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

अनुसन्धान भैरहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।

बुधबार उपचुनावको प्रचारप्रसारको अन्तिम दिन नेकपा अध्यक्ष प्रचण्ड चुनावीसभा स्थलमा  सम्बोधनको लागि प्रवेश गरेको केहीबेरमै  विष्फोट भएको थियो  ।

यो पनि पढ्नुहोस् :-

पोखरामा नेकपाको चुनावीसभा नजिकै विष्फोट, २ गाडीमा क्षति 

पोखरामा चुनावीसभा स्थलमा भएको विष्फोटमा भागदौड हुँदा ५ घाइते

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button