पोखरामा चुनावीसभा स्थलमा भएको विष्फोटमा भागदौड हुँदा ५ घाइते

पोखरा न्यूज- ११, मंसिर । पोखरामा बुधबार नेकपाको चुनावीसभा स्थलमा भएको विष्फोटमा ५ जना घाइते भएका छन् ।

कास्की-२ को उपचुनावका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा चुनावीसभा गरिरहदा सभास्थल नजिकै भएको विष्फोटमा भागदौड हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सभास्थलको २ सय मिटरको दुरीमा भएको विष्फोटमा भागदौड हुँदा पोखरा -१५ गलेश्वर बस्ने वर्ष ५५ कि धनमाया सुनार, वर्ष ५५ बर्षिया  जानकी पोख्रेल र वर्ष ५७ कि पुर्ण माया बि.क. को टाउकोमा सामान्य चोट लागेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । त्यसैगरी भागदौडमै पोखरा -१० बस्ने ५४ बर्षिया  कृष्ण गुरुङ अधिकारी र पोखरा गलेश्वरकै ४५ बर्षिया रमिला सार्कीको , ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  घाइतेहरुको पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको छ ।  घटनाका विषयमा  अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ   ।

यो पनि पढ्नुहोस् :-

पोखरामा नेकपाको चुनावीसभा स्थलमा विष्फोट गराएको आशंकामा १ पक्राउ

पोखरामा नेकपाको चुनावीसभा नजिकै विष्फोट, २ गाडीमा क्षति 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button